काठमाडौं । काठमाडौंको बौद्धमा युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनकुटाको भेडेटार घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बस्दै आइरहेका २० वर्षीय आशिष राई र मोरङको उर्लाबारी नगरपालिका–१ घर हाल गोकर्णेश्वर–५ जोरपाटी बस्ने १८ वर्षीय संस्कार मगर रहेका छन् ।
गत साउन १८ गते राति गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकै सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो । थोकर मकवानपुर घर भइ हाल गोकर्णेश्वर–४ बस्दै आइरहेका थिए । खुकुरी प्रहारबाट घाइते भएका थोकरको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी परिसर र प्रहरीबृत्त बौद्धबाट सादा पोसाकमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया