काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् ।
लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा न्यायीक हिरासतमा रहेका छन् ।
बिहीबार हिरासतमा पुगे पूर्वप्रधानमन्त्री भट्टराईले भेटेका हुन् । साथै उनले रविको विषयमा अदालतले व्याख्या गरे पनि उनी राजनीतिक प्राणी भएका कारण भाग्न नसक्ने भन्दै हिरासतमा राखिनु गलत रहेको टिप्पणी गरे ।
रविलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. भट्टराईले भने, ‘ अदालतले आफ्नो तरिकाले फैसला गरोस् तर उहाँमाथि फैसला त भइसकेको त छैन नि ! अहिले त न्यायीक हिरासतमा उहाँ हो । अदालतले नै व्याख्या गरिसक्या हुनाले त म टिप्पणी गर्न चाहन्न । तै पनि कोही मान्छे भाग्छ, अपराध गर्छ भन्ने लाग्दाखेरि चाँही न्यायीक हिरासतमा राख्ने हो । तर एउटा जनताको प्रतिनिधिको रुपमा रहेको मान्छे भागेर पनि सुख पाउँदैन भन्ने कुराको अनुमान गरेर नै उनीहरुलाई चाँही बाहिरै भएर जमानत अनि मुद्दा पेस गर्ने व्यवस्था गर्नुपथ्र्यो भन्ने मेरो भनाइ हो । यसमा किन ध्यान पुगेन सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’
त्यस्तै उनले लामिछानेलाई हिरासतमा पत्रपत्रिका समेत नदिने गरेको गुनासो सुनाए । लामिछानेलाई सूचनाको हकबाटै बञ्चित गर्न लागेको भन्दै कटाक्ष गरे । साथै बस्ने ठाउँ समेत साँघुरो रहेको बताउँदै त्यसबारे आफूले सम्बन्धित ठाउँमा भन्ने समेत बताए ।
‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी त पन्चायतकालमा, पढ्ने गथ्र्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो,’ उनले भने, ‘बस्ने ठाउँ पनि साँघुरो रहेछ । जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ,’ उनले भने, ‘यसबारे म सम्बन्धित ठाउँमा भनौंला ।’
आफू वैकिल्पक धारको राजनीति गरिरहेका कारण लामिछानेप्रति सहानुभूती रहेको उनले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया