झापामा ग्यास सिलिन्डर विस्फोट : ८१ वर्षीया वृद्धा गम्भीर घाइते

लोकपथ
189
Shares

काठमाडौं । झापाको सुरुङ्गामा खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट ग्याँस चुहिएर भएको आगलागीमा एक ८१ वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन्।

कनकाई नगरपालिका–३ स्थित ध्रुव श्रेष्ठको घरमा बुधबार बिहान भएको उक्त घटनामा सोही घरमा डेरा गरी बस्दै आएकी बाटुलीमाया दाहाल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास चुहावट भएर अचानक आगलागी भएको थियो । आगलागीबाट गम्भीर घाइते वृद्धालाई तत्काल उद्धार गरी कनकाई नगर अस्पताल लगिएको थियो । तर अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।

आगलागीले डेराको कोठामा रहेका अन्नपात, लत्ताकपडा र अन्य सामग्री पूर्णरूपमा नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?