प्रथम राष्ट्रपतिको घरभाडा विवाद किन चर्चामा ?

काठमाडौंँ, २१ कात्तिक – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवलाई राज्यका तर्फबाट दिने सेवा सुुविधाको विषयलाई लिएर हुने गरेको चर्चामा फेरि घरभाडाको विषय उठान भएको छ ललितपुरको बागडोलस्थित पूर्वराष्ट्रपति यादव बस्दै आएको घरका घरधनी रविभक्त विष्टले २०७४ साउन १ देखि हालसम्म बाँकी घर बहाल, बिजुलीको शुल्क तिरेर १५ दिनभित्र घर खाली गर्न राष्ट्रिय सञ्चार माध्यममा सूचना प्रकाशित गरेपछि यस विषयले पुनः चर्चा पाएको हो, गोरखापत्र दैनिकमा खबर छ । प्रकाशित सूचनामा घरधनी विष्टले २०७४ साउन १ देखि घर बहाल सम्झौता समेत नगरी जबरजस्ती पूर्वराष्ट्रपतिलाई बसाएको उल्लेख छ पूर्वराष्ट्रपतिका लागि के कति सेवा सुविधा उपलब्ध गराउने स्पष्ट कानुन नबनेको अवस्थामा सरकारको तजबिजमा उनका लागि आवास र सुरक्षालगायत अन्य सुविधा उपलब्ध गराउँदै आएको छ । पूर्व विशिष्ट व्यक्तिको सेवा सुविधासम्बन्धी विधेयक संसद् प्रस्तुत भएर दफावार छलफल भइसक्दा पनि पारित हुन नपाउँदै संसद्को कार्यकाल समाप्त भएपछि कानुन आउन सकेन संविधान जारी भएपछि विद्यादेवी भण्डारी राष्ट्रपति चुनिएसँगै शीतल निवासबाट दुई वर्षअघि बाहिरिएका पूर्वराष्ट्रपतिका लागि सरकारले समयमा नै उचित व्यवस्थापन गर्न नसक्दा हतार हतारमा ललितपुरका बागडोलस्थित विष्टको घर भाडामा लिएर डा यादवलाई सारिएको थियो त्यस घरको भाडाको विषयलाई लिएर सुरुदेखि नै चर्चा हुँदै आएको थियो । गत २०७२ चैत २६ गतेको मन्त्रिपरिषद्ले पूर्वराष्ट्रपतिको आवास, खानेपानी, बिजुली, सचिवालयको व्यवस्था राष्ट्रपतिको कार्यालयले गर्ने र त्यसको लागि अर्थ मन्त्रालयले बजेट छुट्याउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार राष्ट्रपति कार्यालयले २०७२ चैतदेखि घर धनीसँग सम्झौता गरेर आवश्यक रकम भुक्तानी गर्दै आएको थियो । उक्त घरको मासिक भाडा एक लाख ४४ हजार रुपियाँ तिर्ने पहिलो पटक सम्झौता गरिएको थियो विसं २०७३ माघ २० गते मन्त्रिपरिषद्ले काठमाडौँ उपत्यकामा घर हुने पूर्वराष्ट्रपतिका लागि एक लाख रुपियाँ र घर नहुने राष्ट्रपतिका लागि दुई लाख रुपियाँ प्रतिमहिना उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा राष्ट्रपति कार्याालयले पूर्वराष्ट्रपतिको सचिवालयलाई उनको काठमाडौँमा घर भए नभएको स्पष्ट हुने गरी जवाफ माग गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारि न्यौपानेले बताए । उक्त पत्रको जवाफ हालसम्म पूर्वराष्ट्रपति सचिवालयबाट नआएकाले २०७३ साउन १ देखिको घर भाडा भुक्तानी नभएको उनले स्पष्ट गरेपूर्वराष्ट्रपतिका निजी सचिव किरणकुमार पन्थीले भने गत भदौमा आफूले घरभाडासम्बन्धी बक्यौता रकम तिरिदिन शीतल निवासलाई पत्राचार गरेको दबतबभ । शीतल निवासले पछिल्लो पटक पठाएको पत्रको जवाफ भने दिइनसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?