काठमाडौं । जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गएराति भएको दुर्घटनामा एक क्रेन अपरेटरको ज्यान गएको छ।
क्रेनले फलाम उठाउने क्रममा फलाम आफैँ उनको टाउकोमा खस्दा भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया