कालीगण्डकी नदीमा आमा–छोरा बेपत्ता, खोजी कार्य सुरु

लोकपथ
406
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ्ग नगरपालिका–-५ सेतिवेणीस्थित कालीगण्डकी नदीमा आमा र छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य सुरु गरिएको छ।

सोमबार साँझ नदी किनारमा रहेको प्रतीक्षालयमा महिलाको झोला, चप्पल, मोबाइल फोन र बालकको जुत्ता फेला परेको थियो। ती सामग्री कालीगण्डकी गाउँपालिका–४ विर्घाका २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डेका भएको खुलेपछि उनीहरू नदीमा बेपत्ता भएको आशंका गरिएको हो ।

स्थानीय प्रहरीका अनुसार उनीहरू सोमबार साँझदेखि नै सम्पर्कविहीन छन् । घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जाबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटाई खोजी कार्य प्रारम्भ गरिएको छ।

हालसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?