एमएफएन टाइटल विजेता रविन्द्र ढाँटलाई राष्ट्रपति पौडेलले गरे सम्मान

लोकपथ
840
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई सम्मान गरेका छन् ।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले ढाँटलाई सम्मान गरेका हुन् ।

नेपालका एमएमए फाइटर रविन्द्र सोमबार काठमाडौं आइपुगेका थिए ।

उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका हुन् । तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उनले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?