रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

लोकपथ
189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले संघीय निजामती सेवा विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडसम्बन्धी छलछामको नैतिक तथा राजनीतिक जिम्मेवारी खतिवडाले लिनुपर्ने भन्दै राजीनामा माग गरेका हुन् ।

‘कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ,‘सांसद झाले भने, ‘छापाखानामा समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो, अब उहाँलाई नैतिक प्रश्न। यो नालायकीपनको जवाफ कसले दिने ? मेरो नाम छैन भन्दैमा उम्किन पाइँदैन ।’

उनले भाषा आयोगमा मन्त्रिपरिषद्बाट नियुक्त भएका व्यक्ति नभई अन्य व्यक्तिलाई नियुक्त गरेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?