देशभर मनसुन सक्रिय, कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लोकपथ
623
Shares

काठमाडौं । हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागमा रहेकोले देशका धेरैजसो भागमा आंशिकदेखि पूर्ण बदलीको अवस्था छ।

कोशी र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो र राति एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। लुम्बिनी, कर्णाली, र गण्डकीसहितका पहाडी भेगमा मध्यम वर्षा हुने देखिएको छ भने मधेस प्रदेशमा पनि केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

आज रातिसम्म देशभर सामान्यतया बदली रहन सक्ने महाशाखाको भनाइ छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

मनसुन सक्रिय रहेकाले भारी वर्षाले दैनिक जनजीवन, स्वास्थ्य सेवा, सडक यातायात तथा हवाई उडानमा असर पुर्‍याउन सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?