पोखरा । दिगो सहरी विकास र स्वच्छ ऊर्जा प्रवर्द्धनको दिशामा पोखरा महानगरपालिकाले आफ्नो पहिलो नगर ऊर्जा योजना (एमइपी) सार्वजनिक गरेको छ । पाँच वर्षे अवधिको यो योजना मंगलबार मेयर धनराज आचार्यले औपचारिक रूपमा घोषणा गरेका हुन् ।
जिआइजेड नेपालको ‘रिप–ग्रीन’ कार्यक्रमको प्राविधिक सहयोगमा तयार गरिएको योजनाले ऊर्जा पहुँच विस्तार, दक्षता अभिवृद्धि र नवीकरणीय ऊर्जाको प्रवर्द्धनलाई मुख्य लक्ष्य लिएको छ ।
कूल १ अर्ब ३३ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको यस योजनाले स्वच्छ र स्थानीय स्रोतमा आधारित ऊर्जा प्रयोगलाई प्राथमिकता दिँदै हरितगृह ग्यास उत्सर्जन घटाउने, औद्योगिक–व्यापारिक क्षेत्रमा ऊर्जा दक्षता बढाउने तथा जनचेतना अभिवृद्धिमा ध्यान केन्द्रित गर्नेछ ।
योजना तयारीका क्रममा सरोकारवालासँग व्यापक छलफल गरिएको थियो। मेयर आचार्यले तीन तहका सरकार बिच प्रभावकारी समन्वयका माध्यमबाट पोखरालाई हरित र ऊर्जा-मैत्री सहर बनाउन योजनाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
रिप–ग्रीन कार्यक्रम युरोपेली संघ र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त वित्तीय सहयोगमा सञ्चालित छ भने यसको कार्यान्वयन जिआइजेड, ऊर्जा मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र तथा स्थानीय सरकारहरूसँगको सहकार्यमा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया