काठमाडौं । नेकपा एमालेका सांसद मनबहादुर गुरुङले पोखरा रंगशालामा फ्लड लाइट र स्वीमिङ पुलजस्ता आधारभूत पूर्वाधार नहुँदा खेलकुदको विकास प्रभावित भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले फ्लड लाइट नहुँदा साँझपख खेल गतिविधि सञ्चालन गर्न नसकिएको र स्वीमिङ पुल अभावमा पौडी खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा सम्भव नभएको बताए ।
गुरुङले पोखरालाई खेल पर्यटन राजधानीको रूपमा विकास गर्न अपार सम्भावना भए पनि पूर्वाधारको कमीका कारण स्थानीय मौलिक प्रतिभा पलायन हुनुपरेको उल्लेख गरे ।
उनले भने, ‘खेलकुद पूर्वाधारको विकासले मात्र खेल क्षेत्र सुधार हुन्छ । यसले मौलिक सीप, सांस्कृतिक सम्पदा संरक्षणसँगै रोजगारी र व्यवसाय प्रवर्द्धनमा योगदान पुर्याउँछ ।’
सांसद गुरुङले ढिलाइ नगरी पोखरा रंगशालामा फ्लड लाइट, स्वीमिङ पुल र तालिम केन्द्र यथाशीघ्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया