‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले सभामुखलाई बुझायो प्रतिवेदन

लोकपथ
462
Shares

काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले आज मंगलबार सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।

लामो छलफल र रस्साकस्सीपछि आज बिहान सर्वसम्मतरुपमा पारित भएको सो प्रतिवेदन नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा आयोजित एक कार्यक्रमकाबीच सभामुख घिमिरेलाई बुझाइएको हो । 

कांग्रेस सांसद जीवन परियार सभापति रहेको समितिले ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।

छानबिन समितिमा कांग्रेसका सांसद परियार सभापति छन् भने कांग्रेसका सांसद सुशीला थिङ सदस्य छिन् ।

नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?