काठमाडौं । हाल देशभर मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ, नेपालको तराई भूभागमा अवस्थित रहँदा देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, र बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति पनि देशभर अधिकांश स्थानमा आकाश बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने देखिएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भूभागमा सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा अन्य जोखिम बढ्न सक्ने भन्दै महाशाखाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया