काठमाडौं । निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले यस वर्ष पनि जिल्लास्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिता गर्ने भएको छ ।
प्याब्सनले सोमबार पत्रकार सम्मेलन गरी आगामी साउन २३,२४ र २५ गते फुटसल प्रतियोगिता गर्न लागेको हो । प्याब्सन काठमाडौं महानगरको संयोजनमा हुन लागेको उक्त खेलमा काठमाडौं जिल्लाभरका ४५ वटा निजी विद्यालयहरु सहभागि हुने भएका छन् । उक्त प्रतियोगितामा भाग लिने विद्यालयहरुले प्रतिविद्यालय ७ हजार रुपैयाँका दरले शुल्क लाग्ने प्याब्सन काठमाडौंका अध्यक्ष नबराज भट्टले जानकारी दिए ।
त्यस्तै अन्तिम चरणमा प्रथम, द्धित्तीय र तृतीय हुने विद्यालय एवं खेलाडी विद्यार्थीहरुलाई सम्मान गरिनेछ । आयोजकका अनुसार प्रथम हुनेलाई २५ हजार, द्धित्तीय हुनेलाई १५ हजार र तृतीय स्थान हासिल गर्नेलाई १० हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडलसहित पुरस्कृत गरिनेछ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिप्परलाई मेडलसहित ट्रफीसहित सम्मान गरिने अध्यक्ष भट्टले बताए । साथै उक्त प्रतियोगिताका लागि विभिन्न शीर्षकमा ५ लाख ११ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान समेत गरिएको छ ।
विगतका वर्षहरुमा केही विद्यालयहरुले विद्यार्थी भन्दा बाहिरका व्यक्तिहरुलाई समेत ल्याएर खेलाएको आंशका गरिएको थियो । त्यसो हुँदा प्याब्सनले यस वर्ष गैरविद्यार्थीहरुलाई सहभागि गराएको पाइएमा प्रतियोगिताबाट बर्खास्त र ५० हजार जरिवाना गर्ने समेत जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया