सुन्दरीजल खोलामा डुबेर बोलबम गएकी महिलाको मृत्यु 

लोकपथ
616
Shares

काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा डुबेर बोलबम गएकी महिलाको मृत्यु भएको छ । 

आइतबार राति गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरस्थित खोलामा डुबेर ३५ वर्षीया सन्ध्या धामीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार, बोलबम गएकी उनी ढुंगामा चिप्लेर खोलामा खसेकी थिइन् । 

चितवन घर भई कपन बस्दै आएकी उनी डुबेपछि अशक्त भएकी थिइन् । उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । 

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?