क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा कलंकीबाट युवक पक्राउ, ७८ लाखबढी रुपैयाँको कारोबार 

लोकपथ
917
Shares

काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले कलंकीबाट एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हेटौंडा घर भई भक्तपुरको कौशलटार बस्दै आएका २१ वर्षीय सुशान्त दाहाल छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार, कलंकीमा क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचना पाएपछि गएको परिसर टोलीले उनलाई पक्राउ गरेको हो । 

अनुसन्धानको क्रममा उनले युएसडिटी, बिटिसी, इटिएच र बिएन्डबी जस्ता क्रिप्टोको कारोबार गरेको भेटिएको छ । 

एसपी चन्दले उनले नेपाली रकमअनुसार ७८ लाख ३० हजार ३ सय ८८ रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको भेटिएको बताए ।

प्रहरीले उनको साथबाट एउटा मोबाइल र दुई वटा सिमकार्ड बरामद गरेको छ ।

दाहालमाथि प्रहरीले अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?