काठमाडौं । कानुनअनुसार खरिद गरेर लिइएको जग्गालाई सरकारले दिएको भन्न नमिल्ने गिरिबन्धु टी स्टेटका प्रतिनिधिहरुले बताएका छन् ।
आज सिंहदरबारमा भएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गिरिबन्धु टी स्टेटका प्रतिनिधिहरुले कानुनअनुसार सट्टा पट्टा गरिएको विषयलाई अदालतमा लगेर विवादित बनाउन खोजिएको बताएका छन् ।
भूमिसम्बन्धी ऐनको दफा १२ को उपदफा (ख) २ मा नेपाल सरकारद्वारा जारी सूचित आदेशमा उल्लेखित हदबन्दी बमोजिम संस्था उद्योग, प्रतिष्ठान, कम्पनी वा आयोजनाले खरिद गरेर लिएको जग्गा हदबन्दी छुट हुने भन्ने व्यवस्था छ । चिया खेती र चिया उत्पादन गर्न सोही दफाअनुसार खरिद गरेर गिरिबन्धु टी स्टेटको जग्गा लिइएको गिरिबन्धु टी स्टेटका प्रतिनिधि कृष्णप्रसाद भण्डारीले बताए । उनले यो जग्गा नेपाल सरकार, अन्य निकाय कसैले गिरिबन्धु टी स्टेटलाई जग्गा नदिएको प्रस्ट पारे । उनले त्यसरी दिने कानुन पनि नरहेको उल्लेख गरे ।
भूमिसम्बन्धी ऐनको दफा १२ को ग को २ मा नेपाल सरकारको सुचित आदेशद्वारा तोकिएको हदभित्रको जग्गामा स्थापित फार्म, कृषि, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थान अन्यत्रै स्थान्तरण वा सट्टापट्टा गर्न पर्ने उचित पर्याप्त कारण देखाइदिएको निवेदन मनासिब देखिएमा त्यस्तो कृषि फर्म, उद्योग, प्रतिष्ठान, संस्था, कम्पनीले भोगचलन गरिरहेको जग्गा यस ऐनको अधिनमा रही नेपाल सरकारले तोकेको सर्त बमोजिम अर्को ठाउँमा सट्टापट्टा वा स्थान्तरणका लागि स्वीकृति दिन सक्ने व्यवस्था छ ।
भण्डारीकाअनुसार सोही ऐनको व्यवस्थाअनुसार लामोसमयदेखि चिया बगान, उद्योग रहेको ठाउँमा चिया बगान सम्भव छैन । अब राम्रो हुँदैन भन्ने लाग्यो भने यसका सबै प्रक्रिया पूरा गरेर उचित कारण राखेर कम्पनीले एक ठाउँबाट अर्को ठाउँमा सट्टापट्टा गर्न पाउने कानुन हो । यसैअनुसार गिरिबन्धुले सट्टापट्टाका लागि स्वीकृति लिएको हो । तथापि स्वीकृति लिने बित्तिकै सर्वोच्च अदालतमा विवादको विषय बन्यो ।
संवैधानिक इजलासले फैसला गर्दा सट्टाको संशोधित ऐनको व्यवस्था ठिक रहेको र मन्त्रीपरिषद्ले गरेका निर्णयहरुमा केही त्रुटि देखिएकाले सर्तहरू राखेर स्वीकृति दिन सक्ने गरी फैसला गरेको भण्डारीको दाबी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया