काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ दौत्यखोलास्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा एउटा गाडी दुर्घटनामा परेको छ । आज बिहान भएको गाडी दुर्घटनामा करिब १३ जना घाइते भएका छन् भने घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, हलेसीबाट सिराहाको गोलबजारतर्फ जाँदै गरेको प्र.२–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो । सो गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिराहाको नरहा गाउँपालिका–५ बलुवा निवासी ३९ वर्षीय रञ्जित यादव, सोही ठाउँकी ७० वर्षीया कुस्मवती यादव, ७० वर्षीय राज यादव, सोही ठाउँका रामशरण ठाकुरकी श्रीमतीलगायत घाइते भएका छन् ।
दुर्घटनामा परेको गाडीमा अनुमानित १८ जना सवार रहेका प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया