काठमाडौं । व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले केही नेपाल ऐनमा संशोधन गर्दै, व्यक्तिगत विवरणमा भएको भिन्नता वा गल्ती सुधार गर्न कानुनी बाटो खुलेको हो ।
यसअघि लागू गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ अनुसार, २०७६ सालपछि जन्मिएका बालबालिकाको मात्र एक वर्षभित्र विवरण सच्याउन पाउने व्यवस्था थियो । तर, यसले धेरै पुराना विवरण भएका नागरिकलाई अप्ठ्यारो पार्दै आएको थियो।
अब संशोधित ऐनअनुसार, नागरिकले एकपटकका लागि स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिई विवरण सच्याउन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया