काठमाडौं । सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले झन्डै २०० ग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये एक जना बडिविरपुर-१ का विशाल राय र अर्का डाक्नेश्वरी-७ का मनोज राय रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
लागुऔषध ओसारपसारमा संलग्न भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरेको हो ।
हाल उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया