ललितपुर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरूको सङ्कल्पलाई पूरा गर्न वर्तमान पुस्ताले दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
शनिबार ललितपुरमा आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्ध नेपालको सपना साकार पार्न आजको पुस्ताले निष्ठा, त्याग र प्रतिबद्धता साथ काम गर्नुपर्ने बताए ।
उनले भने, ‘तुल्सीलालजीले देखाएको आदर्श, निष्ठा र त्यागको राजनीतिलाई पछ्याउँदै हामीले नयाँ नेपालको निर्माणमा निरन्तर लाग्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले गणतन्त्र ल्याउने आन्दोलनका अगुवाहरूको दीर्घदृष्टिका कारण संविधानसभाबाट नेपालको संविधान निर्माण भएको स्मरण गर्दै त्यसबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरियो। साथै, प्रा। श्यामसुन्दर शेर्पाद्वारा लिखित बुद्धका विचारसम्बन्धी पुस्तकको विमोचन समेत गरिएको थियो ।
स्मृति दिवसमा नेकपा एमालेका वरिष्ठ नेताहरू, विश्लेषकहरू, शिक्षक–विद्यार्थी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया