प्यारालाइसिस भएकी श्रीमतीको हत्या गरेर श्रीमानद्वारा आत्महत्या प्रयास

लोकपथ
658
Shares

मकवानपुर ।  मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । 

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार, ४५ वर्षीय मानबहादुर शिवभक्तले आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको घाँटी थिचेर हत्या गरेको आरोपमा नियन्त्रणमा लिइएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, घटना घरमा अरू कोही नभएको बेला घटेको हो । पक्राउ परेका मानबहादुरले आफू तनावमा आएर श्रीमतीको हत्या गरेको र पछि आत्महत्या गर्न खोज्दा डोरी चुडिएको बयान दिएका छन् ।

हत्या गरिएका दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।प्रहरीले घटनाको कारण र अन्य पक्षबारे अनुसन्धान जारी राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?