सिन्धुली। निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।
गोलञ्जोर गाउँपालिका–६ स्थित अकरेभिर र बलेनी क्षेत्रमा सडकमा हिलो, लेदो र पहिरो खसेपछि सडक सञ्चालनमा अवरोध आएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार ओखलढुङ्गाबाट काठमाडौंतर्फ जाँदै गरेको भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको छ चक्के ट्रक सडकमा फसेको छ। ट्रक निकाल्न प्रयास भइरहेको छ ।
सडकका विभिन्न स्थानमा तीनवटा ट्रक होल्ड गरिएको जनाइएको छ। सडक अवरुद्ध भएपछि खुर्कोट–घुर्मी सडकखण्ड हुँदै यात्रा गर्ने सवारीसाधनहरु खुर्कोटमै रोकिएका छन् । यसले ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायत पूर्वी जिल्लाबाट राजधानीतर्फ गएका यात्रुहरू प्रभावित भएका छन् ।
प्रहरीका अनुसार सडकमा खसेको पहिरो र लेदो हटाउने प्रयास भइरहेको छ । लगातारको वर्षाले उद्दार तथा सरसफाइमा कठिनाइ भइरहेको जनाइएको छ । स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा सडक खुलाउने कार्य जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया