काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताएका छन् ।
शुक्रबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा बोल्दै उनले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्यूनीकरण गर्न नसकिने बताएका हुन् ।
उनले संविधानको रक्षा, मौलिक हकको रक्षा र मानव अधिकारको रक्षा गर्न पनि विपद् न्यूनीकरणको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए । महानिरीक्षक अर्यालले नेपालमा वार्षिक रुपमा सबैभन्दा बढी मृत्यु विपद्जन्य घटनाबाट हुने गरेको उल्लेख गर्दै यसलाई गम्भीरताका साथ लिन आग्रह गरे ।
विपद् न्यूनीकरणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको बताए । विपद् न्यूनीकरणका लागि सबै निकायहरूबिचमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताए ।
महानिरीक्षक अर्यालले विपद् सम्बन्धी तालिम पार्टीगत वा अन्य जो कोही आए पनि गराउने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया