संयुक्त राष्ट्रसंघको इकोसक अध्यक्षमा नेपालका लोकबहादुर थापा

लोकपथ
217
Shares

काठमाडौं । नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल पहिलोपटक इकोसकको अध्यक्ष पदमा पुगेको हो ।

थापाले बिहीबार अध्यक्षताको कार्यभार सम्हाल्दै यो नेपालका लागि ऐतिहासिक क्षण भएको बताए । उनका अनुसार यो निर्वाचनले बहुपक्षीयताप्रतिको नेपालको प्रतिबद्धता प्रतिबिम्बित गर्छ ।

संसार बहुआयामिक संकटहरूबाट गुज्रिरहेको उल्लेख गर्दै उनले इकोसकको भूमिका अहिलेको अवस्थामा अत्यन्त महत्वपूर्ण रहेको बताए ।

यसअघि उक्त पद क्यानडाका प्रतिनिधि बब रेले सम्हालेका थिए । रेले थापालाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?