श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

लोकपथ
490
Shares

काठमाडौं । पाँचथरमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । श्रीमती २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका-७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङ शुक्रबार बिहान पक्राउ परेका हुन् ।

महेन्द्रले बिहीबार राति फिदिम नगरपालिका–१ नाम्दुस्थित ससुराली घरमा विवादका क्रममा राईले अनु राईमाथि कोदालोको पासो प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी अनुलाई तत्काल जिल्ला अस्पताल पाँचथर हुँदै थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको थियो। तर शुक्रबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या पछि फरार रहेका महेन्द्रलाई फिदिम नगरपालिका–६ गोलेगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?