काठमाडौं । सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा बागमती प्रदेशमा सञ्चालित अधिकांश बहुवर्षीय योजना सम्पन्न भएका छन् ।
हेटौँडा उपमहानगरपालिका–१० मा बागमती प्रदेशसभा भवन पूरा हस्तान्तरणको क्रममा छ भने हेटौँडा उपमहानगरपालिका-२ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन पनि तयार भएको छ ।
बहुवर्षीय योजनाअन्तर्गत चितवनमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका भवन पनि पूरा भएका छन् । चितवनकै राप्ती–४ मा ‘इको टुरिजम पार्क’ तयार भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१ मा अस्पताल भवन तीव्र गतिमा बनिरहेको छ । सहरी विकास तथा भवन कार्यालयका अनुसार भवनको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ ।
उक्त कार्यालय प्रमुख सुबोध अधिकारीका अनुसार बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आवका लागि हेटौँडा उपमहानगरपालिकास्थित अड्डा मार्गमा पदयात्री मार्ग निर्माण, हेटौँडा उपमहानगरपालिका-१० मा ‘स्टिट्र फुड पार्क’, चितवनमा कृषि विकास कार्यालयको भवन निर्माण सम्झौता भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया