रुपन्देही । करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् ।
दोलखाको मेलुङ गाउँपालिका–६ स्थायी घर भई सिद्धार्थनगर–५ मैत्रीपथमा रहेको सहकारी सञ्चालन गर्दै आएका ३४ वर्षीय केसीलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको प्रहरीले जनाएको छ ।
उनीसहितको समूहले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोपमा २०८१ वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया