प्रधानमन्त्रीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु

लोकपथ
1.5k
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तानको भ्रमण गर्ने भएका छन् ।

गत साउन १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सो कुरा जानकारी दिए ।

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरुको तेस्रो सम्मेलनमा सहभागि हुन त्यसतर्फ जानका लागेका हुन् ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डलको टोलीको भ्रमण स्वीकृत समेत गरेको छ ।

त्यस्तै रानीजमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरिसकेको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले केही नियुक्तिहरु समेत गरेको छ । जसमा नेपाल इन्जिनियरिङ परिषद्को रिजष्टारमा तनहुँका ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ । त्यस्तै भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जलराज चालिसे र सर्वोच्च अदालतको रजिष्टार विमल पौडेल मुख्य रजिष्टार पदमा बढुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?