काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको आज (बिहीबार) तय गरिएको शपथ ग्रहण कार्यक्रम अचानक स्थगित गरिएको छ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्वस्थ भएपछि शपथ कार्यक्रम स्थगित गर्नु परेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
देवकोटाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको र सोही कारण दिउँसो १ बजेका लागि तय गरिएको शपथ समारोह अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो ।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया