प्रधानमन्त्री ओलीद्वारा एलडिसी ग्रयाजुएसन सम्बन्धी सम्बोधन आज राष्ट्रियसभामा

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा नेपालको अतिकम विकसित राष्ट्र ९एलडिसी० बाट विकासशील राष्ट्रमा स्तरोन्नति (ग्रयाजुएसन) विषयमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक आज अपराह्न बस्नेछ, जसमा प्रधानमन्त्री ओलीले एलडिसी ग्रयाजुएसन सम्बन्धी उठेका प्रश्नहरूमा जवाफ दिनेछन् ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।

नेपाललाई २०२६ सम्ममा एलडिसीबाट स्तरोन्नति गराउने लक्ष्य राखिएको छ । यस प्रक्रियाले नेपालको आर्थिक, सामाजिक र संस्थागत संरचनामा दीर्घकालीन प्रभाव पार्ने भएकाले उच्चस्तरीय छलफल र सहकार्य आवश्यक देखिएको छ ।

बैठकमा प्रधानमन्त्रीको सम्बोधनसँगै एलडिसी ग्रयाजुएसनका अवसर र चुनौतीबारे सांसदहरूले उठाएका जिज्ञासामा स्पष्ट मार्ग निर्देशन आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?