पतञ्जली जग्गा प्रकरण : पूर्वसचिव पन्तलाई ५ लाख धरौटीमा छाड्न आदेश

लोकपथ
301
Shares

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा मुछिएका पूर्व भूमिसुधार सचिव छविराज पन्त ५ लाख धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार पन्तलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

मंगलबार पन्त अदालतमा हाजिर भएपछि बयान र थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश आएको हो ।

पतञ्जली जग्गा प्रकरणमा पन्तसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैपटक ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

माधव नेपाल प्रधानमन्त्री रहेका बेला २०६६ माघ १८ मा मन्त्रिपरिषद्‌ बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो । लामो समयपछि अख्तियारले पूर्वप्रधानमन्त्रीसहितका व्यक्तिहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?