काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा) विरुद्ध बलत्कार आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
उनलाई प्रहरीले यसअघि गत साउन ४ गते नै प्रहरीले पक्राउ गरेको थियो । झालाई प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
२६ परिसर (३२) ०८२–०८३ लाई बलात्कार गरेको जाहेरीको आधारमा उनीविरुद्ध मुद्दा दायर भएको बताइएको छ । ती जाहेरकर्ताले अहिराजले आफूलाई ०८१ साल जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा बलात्कार गरेको आरोप रहेको छ ।
कोठामा आफू एक्लै बस्दै आइरहेको र त्यो समयमा अहिराजले बलात्कार गरेको पीडितको बयान रहेको छ ।
अहिराजविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय मागदाबी गरिएको छ ।
पीडितका अनुसार अहिराज र ती युवतीको चिनजान विराटनगरस्थित युवतीकै घरमा भएको हो । अहिराजको चिनजान परिवारको माध्यमबाट ती युवतीसँग भएको थियो ।
उनी १७ वर्षको उमेर हुँदाखेरी चिनजान भएको र लामो समय भेट नभएको जाहेरीमा खुलाएकी छिन् । त्यस्तै आफू काठमाडौंमा उच्च शिक्षा अध्ययनका लागि आएपछि अहिराज पारिवारिक चिनजान भएको व्यक्ति भएकाले आफ्नो कोठामा आइरहने गरेका थिए । तर सो दिनपनि उनी परिवारको महत्वपूर्ण खबर ल्याएको छु भन्दै कोठामा आएका थिए । त्यस दिन उनले आफूमाथि बलात्कार गरेको ती युवतीले जाहेरीमा खुलाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया