सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकआपसमा ठोक्किए, दुवै गाडीमा क्षति

लोकपथ
938
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी एकआपसमा ठोक्किँदा मंगलबार दुर्घटना भएको छ ।

कैलालीको लम्की नजिकै चिसापानीतर्फ जाँदै गर्दा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की चढेको गाडी एक आपसमा ठोक्किएको हो ।

प्रहरीका अनुसार से.१ झ ३३० नम्बरको गाडीमा मन्त्री पाल सवार थिए भने बा.२ झ १४१९ नम्बरको गाडीमा मन्त्री सार्की सवार थिए । लम्की क्षेत्रमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा दुवै गाडीमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । मन्त्री पालको गाडीको अगाडिको भाग र मन्त्री सार्कीको गाडीको पछाडिको भागमा क्षति पुगेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । मन्त्रीहरू चिसापानीमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन जाँदै थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?