डिप बोरिङ भएका ठाउँमा १० दिनभित्रै विद्युत् पुर्‍याउन हितेन्द्रदेवकाे निर्देशन

लोकपथ
378
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेस प्रदेशका डिप बोरिङ हुने ठाउँहरूमा छिटोभन्दा छिटो विद्युत् पुर्‍याउन निर्देशन दिएका छन् ।

मंगलबार जनकपुरधाममा मधेस प्रदेशका वितरण प्रमुखहरूसँगको छलफलमा शाक्यले ५ देखि १० दिनभित्र पोल, तार, मिटर जडानको काम सक्न आदेश दिएका हुन् । उनले स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर काम अघि बढाउन निर्देशन दिए ।

सिँचाइका लागि थ्रीफेज लाइन आवश्यक भएकाले यसमा प्रक्रिया झन्झटमा नअल्झन आग्रह गर्दै उनले भने,  ‘प्राधिकरण घाटामा जान थालेको छ, सेवा निहुँमा निःशुल्क विद्युत् दिन सकिन्न ।’

तर उनले सिँचाइ र खानेपानीका लागि भने सस्तो दरमा विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?