काठमाडौं । डोल्पा जिल्लाको ठुलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदिको बिच भागमा फसेका चार जनाको सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सकुशल रुपमा उद्धार गरेको छ ।
आज बिहान उनीहरुको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार उद्वार गरिकाहरुमा सोही जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्द प्रसाद बोहरा, ३५ वर्षीय लाल कुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहरा छन् ।
साउन १३ गते बिहान दाउरा लिन गएका उनीहरु नदिमा एक्कासी पानीको बहाव बढेपछि नदिको बिच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज भट्टको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरुको सकुशल उद्वार गरेको हो ।
उद्वार पश्चात उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाईएको छ ।
उनीहरुको अवस्था भने सामान्य रहेको बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया