अख्तियार सचिवलाई परराष्ट्र सचिवले सोधे–‘बेरुजु शून्य कसरी गर्ने ? सिकाइदिनुस् त’

लोकपथ
1.3k
Shares

काठमाडौं । बेरुजु शुन्य रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई परराष्ट्र सचिव अमृतबहादुर राईले बेरुजु शून्य कसरी गर्ने हो ? भन्दै सिकाइदिन आग्रह गरेका छन् ।

उनले काम गरेरै अख्तियारको बेरुजु शून्य भएको हो भने आफूले अख्तियारमा दुईचार जना आफ्ना कर्मचारीलाई सिक्न पठाउने बताए ।

सोमवारको सार्वजनिक लेखा समितिको बैठकमा उनले अख्तियारका सचिवलाई परराष्ट्रका कर्मचारीलाई बेरुजु शून्य बनाउनेबारे सिकाएर पठाउन आग्रह गरे ।

सचिव राईले भने– ‘अख्तियारका सचिवज्युले बेरुजु शून्य रहेको भनेको सुने । आखिर बेरुजु शून्य कसरी गर्न सकिने रहेछ ? काम गरेरै बेरुजु शून्य भएको हो भने मेरा पनी दुईचार भाई कर्मचारीलाई त्यहाँ सिक्न पठाउँछु । तपाईंले सिकाएर पठाउनुस् । बेरुजु शून्य बनाउन हामी सबैले । यदी त्यहाँ सार्वजनिक खरिद थिएन भने काम नहुँदा बेरुजु शुन्य भएको हो भने त्यो छुट्टै कुरा हो । यदि काम भएरै शुन्य भएको भने एक अर्कामा सिकाउँ न ।’

आजको लेखा समिति बैठकमा अख्तियारका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बेरुजु शून्य रहेको बताएका थिए । उनले बेरुजु हुनु भनेको भ्रष्टाचारको संकेत समेत बताएका थिए ।

परराष्ट्रसचिव राईले विदेश स्थीत नियोगहरु सञ्चालन गर्दा कहिले कानून नियमहरु परिपालना गर्न गाह्रो हुँदा बेरुजु रहने गरेको बताए । उनकाअनुसार अप्ठ्यारा ऐन नियमहरु बोकेर हिडेका कारण बेरुजु प्रत्येक वर्ष बढेको हो । ऐनहरुलाई सहज बनाउनुपर्यो ।अहिले परराष्ट्र मन्त्रालय बेरुजु साढे ५ अर्ब रहेको छ । विदेशस्थित नियोगमा राजश्वहरु जम्मा गर्दा समयमै नदेखाइँदा देखिने गरेको राईले बताउनु भयो । बेरुजु न्युनिकरण गर्दै जाने योजना परराष्ट्र मन्त्रालयको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?