एकाएक गाउँबाट १६ जनाको परिवार नै गायब

लोकपथ
4.8k
Shares

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा परिवारका १६ जना सदस्यहरु एकाएक गायब भएका छन् ।

गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पाको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बस्दै आएको एक परिवार नै गायब भएको हो ।

उर्मिला हायुसहित उनको १६ जनाको परिवार नै केही दिनदेखि हराइरहेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार लोपोन्मुक हायु परिवारको घर जंगलको बिचमा रहेको थियो । उनीहरुको घर पुग्न वा उनीहरुको घरबाट छिमेकीको घर पुग्न १०–१५ मिनेटको दुरि पार गर्नुपथ्र्यो ।

‘उनीहरुको घर एकान्तमा थियो । नजिक कुनै छिमेकी नै थिएनन् । लगभग जंगलको बिचमा घर थियो,’ बरालले लोकपथसँग भने ।

केही वर्षअघि उक्त घरका वृद्धको मृत्यु भएको थियो । त्यसपछि उर्मिलाले नै सबै परिवारको रेखदेख गर्दै आइरहेकी थिइन् ।

गाउँपालिका अध्यक्ष बरालका अनुसार उनीहरु शुक्रबार–शनिबार नै हराएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

लोपोन्मुख जाती भएका कारण उक्त परिवारमा उर्मिलाका छोराबुहारी, छोरी नातिना, ज्वाइँ लगायत सबै एकै घरमा बस्दै आइरहेका थिए ।

उक्त घरको भान्छा रहेको सानो छाप्रोमा आगलागी भएको र अन्य स्थानको अवस्था सामान्य रहेको छ । साथै अरुसँग ल्याएर पालेको अधियाँ गाइबस्तु र कुखुराहरु त्यतिकै रहेको उनले बताए ।

‘खाना पकाएर खाने ठाउँ बनाइएको छाप्रोमा आगलागी भएको देखिएको छ । अन्य अवस्था सामान्य भए पनि अरुको घरबाट अधियाँ पालेको गाइवस्तु र कुखुरा अव्यवस्थित रुपमा देखिन्छ,’ उनले भने ।

लोपोन्मुक जाती भएका कारण सरकारले भत्ता समेत दिँदै आइरहेको छ । उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?