भूमि सम्बन्धी विधेयक मन्त्रीपरिषद्लाई केन्द्रित गर्नेगरी आयो : हितराज पाण्डे

लोकपथ
427
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ एकीकृत नभएको आरोप लगाएका छन् । 

आइतबारको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भूमिसम्बन्धी ऐन धेरै पुरानो भएकाले नयाँ बनाउन खोजिएको तर एकीकृत हुन नसकेको बताए ।  

यस सम्बन्धी विगतमा भएका छलफलहरू पनि समेटेर एकीकृत बनाइ ल्याउनुपर्ने बताए । विधेयकको संशोधन मन्त्रीपरिषद्लाई केन्द्रित गर्ने गरी आएको बताए । 

उनले भने, ‘भूमिसम्बन्धी जुन ऐन छ, यो ऐन एकदमै पुरानो हो । धेरै पुरानो भएका कारणले र धेरै पटक संशोधन भएका कारणले सरकारसँग के आग्रह गर्दछु भने यो ऐनलाई व्यवस्थित गर्नको लागि धेरै पटक संशोधन भएर विषयवस्तु राखिएका छन् । एकीकृत बनाएर भूमिसम्बन्धी ऐन आउनुपर्छ । यो विधेयकमा तीन चार वटा विषयहरूमा केन्द्रित भएर हेरिनुपर्छ । विधेयकको जुन संशोधन आएको छ । त्यसमा अलि नेपाल सरकार मन्त्रीपरिषद्लाई केन्द्रित गर्ने गरी आएको छ । त्यो बारेमा ऐनमा ख्याल गरिनुपर्छ ।’

प्रमुख सचेतक पाण्डेले भूमि विधेयकमा जग्गा सम्बन्धी विषयवस्तुमा आफ्नो फरक धारणा रहेको बताए ।  जग्गा लिँदा एउटा विषय भनेर लिने तर पछि निजी स्वार्थमा प्रयोग गर्ने गरेको पाइएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?