काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने दाबी असत्य भएको स्पष्ट पारेका छन् ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबस्टेशन अपग्रेड तथा पुरानो कन्डक्टर फेर्ने मर्मत कार्यका लागि अस्थायी रूपमा विद्युत् आपूर्ति रोकिने जानकारी दिए ।
उनका अनुसार पुरानो कन्डक्टरले लोड थेग्न नसक्ने भएपछि क्षमतावृद्धिका लागि नयाँ कन्डक्टर जडान गरिँदैछ ।
शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधान गर्न गठन गरिएको पुनरवलोकन समितिको म्याद थप ३५ दिनका लागि थप गरिएको समेत जानकारी दिए । निर्णयपछि बक्यौता असुल गरिने र असुल नहुँदा लाइन काटिने चेतावनी पनि उनले दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया