म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य मार्ग बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सीमामा पर्ने घोप्टेभिर क्षेत्रमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण सवारीसाधनको आवतजावत ठप्प बनेको छ भने मुस्ताङको सिधा यातायात सम्पर्क समेत टुटेको छ ।
सडक खुलाउन सडक डिभिजन कार्यालयको उपकरण परिचालन गरिएको छ । प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालका अनुसार सडक खुलाउने प्रयास जारी छ तर पहिरोको परिमाण धेरै भएका कारण समय लाग्न सक्ने देखिएको छ ।
त्यसैगरी, मौसम प्रतिकूल बनेका कारण पोखरा–जोमसोम हवाई सेवा पनि बन्द भएको छ । सडक र हवाई दुबै सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा तथा पर्यटकहरू समस्यामा परेका छन् ।
प्रशासनले यात्रुहरूलाई वैकल्पिक योजना बनाइ सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया