काठमाडौं । वीरेन्द्रनगर नगरपालिका–१३ करे खोलामा गएराति एक महिलाको आफ्नै श्रीमान्को कुटपिटबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ४२ वर्षीय दानसिंह ठाडा मगरले ४० वर्षीया श्रीमती रविना ठाडा मगरको हत्या गरेका हुन्।
प्रहरीका अनुसार मध्य रातमा सुतिरहेकी रविनाको टाउकोमा खाटको खुट्टा बनाउन राखिएको काठको टुक्राले हिर्काउँदा घटनास्थलमै उनको मृत्यु भएको हो । स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी बिट करेखोलाबाट टोली तुरुन्तै घटनास्थल पुगेको थियो ।
प्रहरीले दानसिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ,। प्रारम्भिक जानकारी अनुसार, उनी मानसिक रोगी रहेको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया