कवाडी व्यवसायी समाजले महानगरको ज्यादतीविरुद्ध गृहमन्त्रीलाई ध्यानाकर्षण गरायो

लोकपथ
1.8k
Shares

 काठमाडौं । काठमाडौं महानगरले नगर प्रहरी परिचालन गरी कवाडी व्यवसायीलाई धरपकड गरेको भन्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् ।

समाजका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा गएको टोलीले शनिबार गृहमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाउँदै महानगरको ज्यादती तत्काल रोक्न माग गरेका हुन् ।

उनीहरूले आफूहरू कानुनी प्रक्रिया अनुसार व्यवसाय गरिरहेको र कर तिरेको जनाउँदै महानगरले गुण्डागर्दी शैलीमा आक्रमण गरिरहेको आरोप लगाएका छन् ।

ज्ञापनपत्रमा कुटपिट, संरचना भत्काउने, सामग्री जफतजस्ता कार्यविरुद्ध सरकार, गृहमन्त्रालय र मानवअधिकार आयोगको ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?