रूकुम । रूकुम पश्चिमको भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये थप एक जनाको शव सुर्खेतमा फेला परेको छ ।
रूकुम पूर्व सिस्ने गाउँपालिका–८ स्यालापाखाका २० वर्षीय जेसीबी चालक हरि विकको शव शुक्रबार सुर्खेतको भेरीगंगा नगरपालिका–२ खोजीस्थित भेरी नदीमै फेला परेको हो। मृतक विकको शनिबार बिहान १० बजेतिर उनका बाबुले शवको सनाखत गरेका छन् ।
यसअघि शुक्रबार नै दाङका टिपर चालक मनिराम चौधरीको शव पनि सोही स्थानमा फेला परेको थियो ।
शवहरू दुर्घटनास्थलबाट करिब ६० किलोमिटर टाढा फेला परेका हुन्। अहिले पनि रूकुम पश्चिम सानीभेरी गाउँपालिका–३ का धनविर बराइली बेपत्तै छन् ।
साउन ६ गते बेलुकी करिब ७स्४५ बजे रा १ क १५०१ नम्बरको टिपर रूकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको थियो ।
उक्त टिपर जाजरकोटको नलगाड नगरपालिका–११ चिसापानीबाट आठबीसकोट–१४ को छेपारेतर्फ जाँदै थियो ।
टिपर भने दुर्घटना स्थलभन्दा करिब ५ सय मिटर दक्षिणतर्फ बुधबार नै फेला परेको थियो ।
भेरी नदीमा बाढीको बहाव उच्च रहेकोले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । रूकुम पश्चिम र जाजरकोट प्रहरीको संयुक्त टोली अझै पनि बेपत्ता बराइलीको खोजीमा खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया