एमालेमा विद्या भण्डारी निषेधपछि कर्ण थापाको चेतावनी : विचार नभई गुटको खेल !

लोकपथ
2.8k
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य कर्ण थापाले सृजनशील कार्यकर्तामाथि शंका गर्ने, आलोचना नसहने र गुटबन्दी प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको बताएका छन् ।

एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई निषेध गर्ने निर्णयको विरोधमा उभिएका थापाले शनिबार फेसबुकमा तीनवटा स्टाटस लेख्दै पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको र नेतृत्व हस्तान्तरणको चुनौती थपिँदै गएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘सृजनशील साथीहरूलाई शत्रु ठान्ने, भजन सुन्न मन पराउने, आलोचना सुन्न परे कान टकटक्याउने प्रवृत्तिले पार्टी जीवन अस्वस्थ बनाउँछ।’

थापाले पार्टीभित्र गुटबन्दी हटाएर लोकतान्त्रिक विधि अपनाउन र युवा पुस्तामा नेतृत्व सुम्पन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीले ल्याएको ‘पार्टी जीवनको लोकतान्त्रीकरण’ प्रस्तावको समर्थन गर्दै त्यसलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् ।

उनको भनाइमा, पद पाउन गाली गर्ने होइन, विचारमा बहस गर्ने संस्कार विकास गर्नुपर्छ । उनले ‘जसले विचार छ, उसले नेतृत्व लियोस्’ भन्ने धारणा अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?