सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–२ स्थित पौवाँमा आज बिहान सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी ४२ वर्षीया श्रीमती रामकुमारी खंगको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी निरीक्षक उदयकुमार राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्ने क्रममा पहिलो पटक बालेश्वरलाई करेन्ट लागेको थियो । उनलाई जोगाउन खोज्दा श्रीमती रामकुमारीलाई पनि करेन्ट लागेको र दुबै जनाको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । प्रहरीले स्थानीयलाई सावधानी अपनाउन र विद्युतीय उपकरणको प्रयोगमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया