भद्रपुर । झापाको दमक–४ चियाबगानस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक साइकलयात्रीको मृत्यु भएको छ ।
उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट ताराबारीतर्फ जाँदै गरेका साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेका दमक–४ घरघरे निवासी ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
गम्भीर घाइते भएका विकलाई उपचारका लागि तत्काल दमक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा निधन भएको प्रनाउ खड्काले बताए ।
दुर्घटनामा संलग्न यात्रुबाहक बस र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–७ का ४७ वर्षीय राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया