तीनकुने घटनाको झण्डै ४ महिनापछि राप्रपाले माग्यो छानबिन समिति

लोकपथ
742
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ०८१ साल चैत १५ को तीनकुने घटनाको छानबिनका लागि समितिको माग गरेको छ ।

घटनाको झण्डै ४ महिनापछि आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाले छानबिन समितिको माग गरेको हो ।

राप्रपाका महामन्त्री समेत रहेका सांसद डा. धवलशमशेर राणाले तीनकुने जस्तो जगन्य घटनाको छानबिनका लागि छानबिन समिति आवश्यक रहेको बताए ।

‘यो गरिमामय सदनमा मेरो माग छ कि चैत १५ गते घटेको घटनामा जहाँ दुई जनाको मृत्यु भएको छ । २५ जनालाई गोली लागेको छ । यस्तो गम्भीर घटनाको पनि हामी छानबिन गर्दैनौँ भने के को छानबिन गर्ने ?,’ उनले भने, ‘दोषीलाई कारबाही होस् र निर्दोषलाई रिहा होस् भन्ने मेरो माग छ ।’

त्यो त तीनकुने घटनामा प्रहरीले यसअघि नै अनुसन्धानको टुंगो लगाएर मुद्दा समेत अभियोजन भइसकेको छ ।

सोही प्रकरणमा धरौटीमा रिहा भएका पात्र हुन् डा. राणा ।

सोही दिन साँझ उनलाई प्रहरीले पक्राउ गरेको थियो । साथै उनलाई श्वास्थ्य उपचारका लागि भनेर छाडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?