एनआईसी एशिया बैंक र एएसजी आई केयरबिच सहकार्य, डिजिटल भुक्तानीमा १५ प्रतिशतसम्म छुट

लोकपथ
42
Shares

काठमाडौं । एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबिच सम्झौता भएको छ । यस बैंकका ग्राहकहरुको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा यी दुईबिच सम्झौता सम्पन्न भएको हो ।

यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

ग्राहकहरुले Surgery Procedures मा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, Minor Investigation / Optical/lens मा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न  सक्नेछन् ।

यस सुविधाको उपभोग गर्नका लागि ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?