काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई हकप्रद शेयर निष्कासनको स्वीकृति दिएको छ । स्वीकृति प्राप्त कम्पनीहरूमा शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेड रहेका छन् ।
शिवश्री हाइड्रोपावरले शत प्रतिशत (१००५) हकप्रद शेयर जारी गर्नेछ । कम्पनीले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस हकप्रद शेयर निष्कासनको बिक्री व्यवस्थापन सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ ।
त्यस्तै, सिटी होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्न स्वीकृति पाएको छ । होटलले कुल १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर जारी गर्न लागेको हो । सिटी होटलको हकप्रद शेयर निष्कासन तथा व्यवस्थापन प्रमुख क्यापिटल लिमिटेडले गर्नेछ ।
धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि अब यी कम्पनीहरूले आवश्यक प्रक्रिया पूरा गरी सार्वजनिकरूपमा हकप्रद शेयर जारी गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया